एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको स्वतन्त्र उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ०८ : ५८
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रबार राती काठमाडौँ–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘तपाईंहरूले विभिन्न माध्यम बाट आउने सङ्घीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रवार राती गरेको घोषणामा भनेकी छिन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । ’

प्रतिक्रिया दिनुहोस