काठमाडौ । प्रतिनिधि सभा सदस्यको लागि भइरहेको मतगणनामा काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शनाले दोब्बर मतान्तरले अग्रता लिएकी छन्।
आयोगले दिएको पछिल्लो मतगणना अनुसार दर्शनाले ९ हजार ७८ मत ल्याएर अग्रता बनाएकी छन्। कांग्रेसका प्रवल थापा क्षेत्रीले ४ हजार ८७ मतले पछ्याइरहेका छन्।
राप्रपाका रविन्द्र मिश्रले २ हजार ३५५ मत पाएर तेस्रो स्थानमा छन्।
सो क्षेत्रमा अघिल्लो पटक कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याइ विजयी हुँदा मिश्रले ७ हजार १८ मत पाएका थिए। त्यसबेला १२५ मतान्तरले पराजित भएका मिश्र यसपटक तेस्रोमा छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ-१ मा रञ्जु दर्शना विजयी
काठमाडौँ–१ बाट रास्वपाका रञ्जु दर्शना विजयी
रास्वपामा बिलाउन होइन, मिलाउन गएका हौं : रञ्जु दर्शना