काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँ-१ मा सांसद निर्वाचित भएकी रञ्जु दर्शनाले देशको परिवर्तनको पक्षमा जित भएको बताएकी छन् । निर्वाचनमा पहिलो विजयी घोषित भएकी उनले फेसबुकमार्फत सबै मतदाताहरूप्रति आभार प्रकट गरेकी छन् ।
भारी मतका साथ विजयी भएकी दर्शनाले लेख्छिन्, ‘यो विजय देशको । परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’आमा बनेको ११ दिनपछि नै रञ्जुलाई राजनीतिक जीवनमा सफलता मिलेको छ ।
रञ्जु आज आफ्नो छोराको न्वारन पनि गरिरहेकी छन् । न्वारन सकेर बानेश्वरस्थित सहकारी विभागमा विजयोत्सवका लागि उपस्थित हुने उनले बताएकी छन् । त्यहीँ भेटौँ है।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ–१ बाट रास्वपाका रञ्जु दर्शना विजयी
काठमाडौँ १ मा रञ्जु जित नजिक, रविन्द्र तेस्रो
रास्वपामा बिलाउन होइन, मिलाउन गएका हौं : रञ्जु दर्शना