आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाई आज पनि हुँदै

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ०७ : ४५
आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाई आज पनि हुँदै

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दामा आज पनि सुनुवाई हुँदैछ । यसअघि सोमवार सो मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेशी तोकिएको हो । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमवार महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रहरी महानिरीक्षक सिंहको पक्षमा बहस गरेका थिए ।

खातीसहित केही निजी वकिलले पनि सिंहको पक्षमा बहस गरेका थिए । यसअघि पनि सो मुद्दामा तीन पटक हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस