चलचित्र ‘पण्डित बाजेको लौरी’ को ‘चोली तुना...’ बोलको गीत सार्वजनिक

शुक्रबार, १८ जेठ २०७५, १५ : ४७

काठमाडौं । दीपक ओलीद्वारा निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को पहिलो गीत रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘चोली तुना...’ बोलको गीत रिलिज गरिएको हो । लोकलयमा आधारित यो गीतलाई दर्शक श्रोताले मन पराउने निर्देशक ओली बताउँछन् ।

श्रीकृष्णबम मल्ल र मीना निरौलाको स्वर रहेको गीतमा संगीत श्रीकृष्णबम मल्लकै छ । शब्द कृष्ण केसी तथा नृत्य निर्देशन विक्रम स्वाँरको हुन् ।

गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् भने छायाँकन विदुर पाण्डे रहेका छन् । रिलिजको डेट कुरेर बसेको ‘पण्डित बाजेको लौरी’को कथा, पटकथा र सम्वाद महेश दवाडीको हो । फिल्ममा थम्नकुमार भण्डारी र किशोर खड्काको लगानी छ ।

फिल्ममा भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिस्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र वीक, विशाल पहारी, कुलदीप अधिकारीको मुख्य भूमिकामा छ ।

प्रतिक्रिया दिनुहोस