मृगौंला बेच्न लैजाने दुई युवा पक्राउ

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, ०७ : ४८
मृगौंला बेच्न लैजाने दुई युवा पक्राउ

काठमाडौं । मृगौंला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका बिजय कुँवर र बाँकेको नेपालगञ्ज–२० घर भएका बिमल शाही छन् ।

प्रहरी प्रभाग कोटेश्वरले आरोपीहरुलाई पक्राउ गरेर मानव वेचविखन ब्यूरोमा बुझाएको छ । आरोपीहरुमाथी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको मानव बेचविखन ब्यूरोका प्रमुख (एसएसपी) टेक प्रसाद राईले बताए ।

सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई उनिहरुले हेटौंडा–बीरगञ्जबाट रक्सौल हुँदै कोलकत्ता लैजाने तयारी गरेका थिए । आरोपीहरुले किड्नी बेच्न तयार दुईजनालाई कालोपुल नजिकैको होटलमा राखेर रगत परिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस