११ महिनामा नेपालीले खाए १४ लाख किलो काजु

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १७ : ५०
११ महिनामा नेपालीले खाए १४ लाख किलो काजु

काठमाडाैँ  । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात। नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेका छन्।

नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन्। तर त्यही कटुसको आयातका लागि अमेरिकन डलर खर्च भइरहेको छ।व्यावसायिकरूपमा खेती गर्नु नपर्ने, वनजङ्गलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात गरेर नेपालीले परनिर्भरताको उदाहरण पेस गरिरहेका छन्। ११ महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ। त्यसको मूल्यमात्रै ४९ हजार बराबर छ। सानो परिमाण भए पनि यसबाट विदेशी मुद्रा थप विदेशिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको आयात निर्यातसम्बन्धी विवरणानुसार १३ लाख ७४ हजार ७८६ किलो काजु आयात भएको छ। उक्त परिमाणमा काजु आयात गर्नका लागि एक अर्ब ११ करोड ९२ लाख ७६ हजार खर्च भएको छ। त्यसबाट सरकारले ३४ करोड ४७ लाख ३९ हजार राजस्व संकलन गरेको छ।

भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ। भारतबाट मात्रै ४९ करोड १७ लाख ५९ लाख मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार किलो काजु भित्रिएको छ।

त्यस्तै चालु आवको ११ महिना अवधिमा ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ। अमेरिकाबाट मात्रै १२ लाख पाँच हजार ३०२ किलो बदाम ७६ करोड ६८ लाख ८० हजार मूल्य बराबरको भित्रिएको छ।

अमेरिकामा आलमण्डको ठूलो मात्रामा व्यावसायिक खेती हुने गरेको छ। नेपालको हावापानीमा पनि आमल्ड उत्पादन हुनसक्छ। नेपालीले त्यसतर्फ ध्यान दिन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस