फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न नेपाल आइन् निरुता

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०८२, १२ : ५१
फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न नेपाल आइन् निरुता

काठमाडौँ । अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६को आँकडा’ अभिनय गर्न उनी मुम्बईबाट आइतबार राति नेपाल आएकी हुन् ।

निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू फिल्मका लागि निकै अत्यन्तै उत्साहित रहेको बताइन् । ‘अब म कहीँ पनि जाँदिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु’, उनले भनिन् ‘बिचमा मलाई कोरोना भयो । त्यस कारण, मैले फिल्ममा काम गर्न पाइनँ । अब भने म कहीँ पनि जान्नँ ।’

उनले आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने बताइन् । बिचमा केही फिल्मबाट अफर आए पनि विभिन्न कुराहरू नमिलेर काम गर्न नपाएको उनको भनाई थियो ।फिल्ममा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने बताए ।

'मैले सहायक निर्देशकको रूपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ,’ निर्देशक श्रेष्ठले भने । 

फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का  लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । नायिका रेखा थापा र निरुता सिंह फिल्म ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टार नायिकाले एकसाथ काम गर्दैछन् ।

सिंहले पछिल्लो समय फिल्म ‘दाल भात तरकारी’मा देखिएकी थिइन् । 

 

प्रतिक्रिया दिनुहोस