अभिनेता सलमान खानलाई कुट्नेले भारु २ लाख उपहार पाउने

एजेन्सी

शुक्रबार, १८ जेठ २०७५, १३ : १९
अभिनेता सलमान खानलाई कुट्नेले भारु २ लाख उपहार पाउने


मुम्बई । सलमान खानको निर्माणमा बन्न लागेको चलचित्र ‘लभरात्री’ ले हिन्दू समुदायको भावनामा ठेस पुर्याएको भन्दै सुपरस्टारलाई पिट्नेलाई २ लाख पुरस्कार दिने ‘हिन्दू हि आगे’ नामक संस्थाका अध्यक्ष गोविन्द परासरले घोषणा गरेका छन् ।

यो समूहको गठन विश्व हिन्दू परिषद्का पूर्व अध्यक्ष प्रबिन तोगाडियाले गठन गरेका हुन् । आयुश शर्मालाई लञ्च गर्नका लागि आगामी अक्टोबरमा ‘लभरात्री’ रिलिज गरिँदैछ ।

परासर र उनका समर्थकहरुका अनुसार ‘लभरात्री’ हिन्दू पर्व ‘नवरात्री’ नाम बिगारेर बनाइएको हो ।
 ‘हामी सलमान खानको यस्तो उद्देश्यको भत्सर्ना गर्छौं र यो चलचित्रलाई प्रतिबन्ध गर्न माग गर्छौँ । यदी यसलाई रिलिज गरियो भने हामी हर शक्ति लगाएर विरोध गर्छौँ,’ परासरले भने ।

त्यसपछि उनले सार्वजनिक स्थानमा सलमानलाई पिट्न सक्नेलाई पुरस्कारको घोषणा पनि गरेका थिए । उनले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनलाई प्रतिबन्ध गर्न माग गर्दै नवरात्रीमा चलचित्रलाई रिलिज गरिए हिंस्रक प्रदर्शन गर्ने चेतावनी पनि दिए ।

यो चलचित्र चलाउने सिनेमा घर तोडफोड गरिने पनि उनको चेतावनी थियो । संस्थाका कार्यकर्ताले सलमान खानको पोस्टरहरु समेत जलाएको थियो । गोविन्द परिसर बजरंग दलका सदस्य रहिसकेका छन् । दशैँमा हतियार प्रदर्शन गरेको आरोपमा उनी पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस