काठमाडौँ । झापाको कमल गाँउपालिका-४ चुलाचुलीमा गएराति ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका-९ का अन्दाजी ३७ वर्षीय दिपक नेपाल रहेका छन्।नेपालले चलाएको प्रदेश १-०१-०१२ प १४५३ नम्बरको मोटरसाइकल र ना ७ ख ८७३५ नम्बरको ट्रक गएराति सवा ११ बजे आपसमा ठोक्किएका थिए।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, ११ : १८
लेखकबाट थप