काठमाडौँ । काठमाडौँको बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ का अन्दाजी ३९ वर्षीय सन्जिव कार्की रहेका छन्। उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो।
बा ६ च ४८११ नम्बरको टाटा डि.आई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे बालाजु स्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडि सडकमा ठोक्किएका थिए।दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, ११ : १४
लेखकबाट थप