प्रतिकित्ता ५०८ रुपैयाँमा डिप्रोक्स लघुवित्तको शेयर बिक्रीमा

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, ११ : ०६
प्रतिकित्ता ५०८ रुपैयाँमा डिप्रोक्स लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ लाख २८ हजार ८१२ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ५०८ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिन सकिनेछ । आवेदन दिदा न्यूनतम १ सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्ने सकिनेछ ।

लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी असार २३ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सकिने छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस