विवादित राज्यमन्त्री विमलालाई राजीनामाको दबाब

पत्रपत्रिकाबाट

विहीबार, १६ असार २०७९, ०७ : ५२
विवादित राज्यमन्त्री विमलालाई राजीनामाको दबाब

काठमाडौं । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा भने दिइनसकेको बताएकी छन्। अरूको घरभित्र प्रवेश अर्की महिला र उनी नाबालिका छोरीलाई कुटपिट गर्ने ‘अमर्यादित’ काम गरेको आरोपमा राज्यमन्त्री विमलालाई पदबाट राजीनामा दिनुपर्ने दबाब रहँदै आएको छ।  

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसकेँ,’ बुधबार बिमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए। तर विमलाले भने राजीनामा बुझाउन नमानेको र उनलाई मन्त्री पदबाट हटाउने पक्का छ। स्रोतका अनुसार विमलाले आफूले राजीनामा नदिने र सरकार आफैंले कारबाही गरेर पदमुक्त गर्न भनेकी छिन्।

‘म राजीनामा दिन्नँ, तपाईंहरूले नै कारबाही गरेर पदबाट हटाउनुस् भन्नुभयो,’ स्रोतले भन्यो ‘उहाँले आफै राजीनामा नदिने भएपछि अब उहाँलाई पदमुक्त गर्ने पक्का भएको छ।’  विमलाले आफूले मन्त्री पदबाट राजीनामा दिनुपरे सांसद र पार्टीबाट समेत राजीनामा दिने धम्कीसमेत दिएकी थिइन्। उनले आफूले मन्त्री पदबाट मात्रै नभई सांसद र पार्टीबाट पनि राजीनामा दिने बताइन्।

‘मलाई मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो राजीनामा लेख्नुस् भन्न आउनु भएको थियो,’ उनले भनिन्, ‘तर मैले मन्त्रीबाट मात्रै हैन, सांसद र पार्टीबाट पनि एकैपटक राजीनामा दिन्छु भने पछि उहाँहरू जानु भएको हो।’ तर उनले आफूले राजीनामापत्रमा हस्ताक्षर गरेर कसैलाई पनि नबुझाएको तर राजीनामा दिएको भनेर कसरी भनियो ? भन्दै प्रश्न समेत गरिन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस