काठमाडौँ । आज बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।रातभारी वर्षा केही कम हुने आकलन गरिएको छ। यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना