सप्तकोशीमा पानीको बहाव बढ्यो, २४ वटै ढोका खोलियो

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १९ : २५
सप्तकोशीमा पानीको बहाव बढ्यो, २४ वटै ढोका खोलियो

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई सुरक्षीत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस