विमलाको राजीनामा स्वकृति भयौ  : मुख्यमन्त्री  के. सी

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १७ : ०९
विमलाको राजीनामा स्वकृति भयौ  : मुख्यमन्त्री  के. सी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सीले लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिएको राजीनामा स्वकृति गरिएको बताएका छन् । 

लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीवाट  १२ गते आएको राजीनामालाई स्वकृति गरिएको बताए । उनले १२  गते राजीनामा दिए पनि गुपचुप रूपमा राखिएको थियो आज बिहान एकाएक राजीनामा आएको  सूचना बाहिर आएको थियो ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिले अझै प्रतिवेदन बुझाएको छैन । उक्त प्रतिवदने अगाडि नै उनको राजीनामा आएको छ । 

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ख मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो । 
 

प्रतिक्रिया दिनुहोस