काठमाडौं–४ का वडाध्यक्ष महर्जन विरुद्ध पक्राउ पुर्जी जारी

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १० : ३९
काठमाडौं–४ का वडाध्यक्ष महर्जन विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

उनीसहित अदालतले ध्रुवप्रसाद त्रिपाठी र मोहनबहादुर विष्टलाई पक्राउ गर्न आदेश दिएको छ । अदालतले महानगरीय प्रहरी वृत महाराजगञ्जलाई पत्र लेखि महर्जनसहित ३ जनालाई पक्राउ गरी अदालतमा हाजिर गराउन भनेको छ ।