भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १२ : २९
भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत

भक्तपुर । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान पक्राउ प्रहरीले गरेको छ ।

सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई मनिषले जबरजस्ती गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस