भारतीय सिमावती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १० : ५१
भारतीय सिमावती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार

दाङ । नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । 

आइतबार बिहान करिब ११ बजे दाङस्थित सिमावर्ती क्षेत्र भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

युवतीहरू नेपालबाट भारतको मनिपुर बजार जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ 

 ६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाइ छ ।

पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको छ ।डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । प्रहरीका अनुसार भारतीय प्रहरीले अनुसन्धानका लागि चारजनालाई पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस