चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् ।
विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ
४ थान पेस्तोल र १३ राउण्ड गोली बरामद
सडकमा फेला पर्यो गोली लोड गरेको पेस्तोल
भक्तपुरबाट २ थान पेस्तोलसहित एकजना पक्राउ
पेस्तोलसहित सर्लाहीबाट २ जना पक्राउ
पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा २ जना पक्राउ