एमालेको अवरोधका कारण स्थगित कर्णालीको प्रदेशसभा आज पुनः बस्दै

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ०७ : ५७
एमालेको अवरोधका कारण स्थगित कर्णालीको प्रदेशसभा आज पुनः बस्दै

काठमाडौं । प्रतिपक्षी दल एमालेको अवरोधपछि आइतबार स्थगित भएको कर्णाली प्रदेशसभा बैठक सोमबार पुनः बस्दैछ । प्रतिपक्षी दलका नेता यामलाल कँडेलले बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गर्दै बैठक अवरुद्ध गरेका थिए । 

नेता कँडेलले आगामी आर्थिक वर्षको बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्ला पनि कर्णालीको बजेट ल्याएर सीमाना विस्तार गरेको कटाक्ष गरेका थिए ।  हुँदै नभएको जिल्ला र भूगोललाई समेटेर ल्याएको बजेटलाई समर्थन गर्न नसकिने र सभा सञ्चालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको थियो ।

एमालेको अवरोध नरोकिएपछि सभामुख राजबहादुर शाही सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आज अवरोध हटाएर बैठक सञ्चालनको प्रयास हुने सभामुखको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस