काठमाडौं । बागमती प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलालले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले आइतबारको बैठक स्थगित गरेका थिए ।
आगामी आवका लागि प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै बजेट संशोधनको मागसहित एमालेले बैठक अवरुद्ध गरेको हो ।
सभामुख श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभाद्वारा ५ विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित