काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सपना हो कि जस्तो लागेको बताएका छन् । शुक्रबार एक कार्यक्रममा उनले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा झिलिमिलीमा नै कार्यकाल बितेको सुनाए । “पहिलोपटक प्रधानमन्त्री हुँदा त झिलिमिली–झिलिमिलीमा गयो । के हो यो सपना हो कि विपना हो भन्ने विचार गर्दागर्दै नौ महिनाको कार्यकाल बितिहाल्यो । नयाँ परिस्थिति बन्यो,” उनले भने ।
दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेको बताए । त्यतिबेला, मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानो नभएको बताए । उनले छिमेकीसँगको सन्तुलित बनाएर सहयोग जुटाउने कुरा ठूलै भएको बताए ।
उनले अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेकोसमेत सुनाए । “अर्कोपटक देशको नेतृत्व गर्न पाउने हो भने देशमा देखापरेका यी तमाम विसंगतिहरूमाथि प्रहार गर्दै एउटा नयाँ युगमा लैजानुपर्छ भन्ने सपना त मनभित्र छ,” उनले भने ।
उनले विरोध गर्नेहरुको हातमा डाडुपन्यु हुने विडम्बनासमेत रहेको बताए । “पहिलोपटक प्रधानमन्त्री हुँदा त भिलिमिली– झिलिमिलीमा गयो । के हो यो सपना हो कि विपना हो भन्ने विचार गर्दागर्दै नौ महिना बितिहाल्यो । नयाँ परिस्थिती बन्यो,” उनले भने ।
दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेको बताए । त्यतिबेला मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानो नभएको बताए । उनले छिमेकीसँगको सन्तुलित बनाएर सहयोग जुटाउने कुरा ठूलै भएको बताए ।
अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेकोसमेत सुनाए, “अर्कोपटक देशको नेतृत्व गर्न पाउने हो भने देशमा देखा परेका यी तमाम विसंगतिमहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगमा लैजानुपर्छ भन्ने सपना त मनभित्र छ,” उनले भने ।
उनले विरोध गर्नेहरुको हातमा डाडूपन्यौ हुने विडम्बना समेत रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो : प्रचण्ड
कांग्रेस पनि ओलीको स्वर्ग र नर्कको चक्करमा पर्यो : प्रचण्ड
सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको ‘प्रचण्ड’को आरोप
अप्राकृतिक गठबन्धनको चरित्र लोक लजाउने गरी उजागर भयो : प्रचण्ड
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह
देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको छ: प्रचण्ड