काठमाडौं । प्रहरीले बाँकेमा ठूलो परिमाणमा चिनी बरामद गरेको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले भन्सार छलेर ल्याई जम्मा गरी राखेको ५० किलोको ५२० बोरा चिनी बरामद गरेको हो।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, नन्दनी मिलको परिसरबाट प्रहरीले चिनी बरामद गरेको छ। चिनीसँगै प्रहरीले बोडीको ५१ बोरा दाल बरामद गरेको छ।प्रहरीका अनुसार चिनी १८ लाख २० हजार बोडीको दाल एक लाख ७ हजार मूल्य बराबरको छ। बरामद चिनी र बोडीको दाल नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, १३ : ३९
लेखकबाट थप