ललितपुर महानगरमा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १० : ३५
ललितपुर महानगरमा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप दिन सुरु गरिएको छ । ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो । ललितपुर महानगरका अनुसार शनिबारबाहेक आजदेखि असार १५ गतेसम्म विद्यालय र वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम संचालन हुनेछ ।

खोप कार्यक्रम बिहान ११ देखि अपराह्न ४ बजेसम्म संचालन हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस