विद्युतीय गाडी ‘नेक्सन इभी’ मा अचानक आगो लाग्यो, के यस्ता गाडी सुरक्षित छन् ?

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, ०९ : ४३
विद्युतीय गाडी ‘नेक्सन इभी’ मा अचानक आगो लाग्यो, के यस्ता गाडी सुरक्षित छन् ?

काठमाडौं । इन्धन महंगिएसँगै नेपालमा पछिल्लो समय विद्युति गाडीको खरिद बिक्री ह्वात्तै बढेको छ । विुद्यतिय चार्जिंगबाट लामो दुरीको यात्रा समेत तय गर्न मिल्ने भएपछि नेपाली बजारमा यसको लोकप्रियता चुलिदैं गएको छ । तर टाटाको विद्युतीय गाडी नेक्सन इभीमा खराबीसँगै अचानक आगो लागेपछि यस्ता गाडीहरु प्रति शंका उत्पन्न हुँदै गएको छ । भारतमा निर्मित यो गाडी नेपाली बजारमा समेत लोकप्रिय रहेको छ । 

भारतमा निर्मित यो गाडीमा अचानक  आगो लाग्न थालेपछि यी गाडीको सुरक्षामाथि प्रश्न उठेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालैमात्र मुम्बइको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ,जहाँ नेक्सन इभीमा अचानक आगलागी भएपछि पानी हालेर निभाइँदैछ । टाटा कम्पनीले सामाजिक सन्जालमा आएको सो घटनाको गम्भीर अनुसन्धान भइरहेको र अहिलेसम्म आफ्ना गाडीको सुरक्षामा कुनै प्रश्न नआएको समेत जनाएको छ ।

टाटा मोटर्सले अनुसन्धान सकिएपछि विस्तृत जानकारी दिइने भन्दै आफूहरु आफ्ना विद्युतीय गाडीका उपभोक्ताहरुको सुरक्षाप्रति उत्तरदायी रहेको जनाएको छ । कम्पनीले देशभित्र ३० हजार भन्दा बढी विद्युतीय गाडीले एक सय मिलियन किलोमिटर चार वर्षको बीचमा पार गरिसक्दा यस्ता घटना कहिल्यै नभएको जनाएको छ ।

भारतमा विद्युतीय गाडीमा आगो लागेको यो पहिलो भने होइन । यसअघि टेस्ला गाडीहरुमा पनि यस्तै आगलागी भएको थियो । हालैमात्र क्यालिफोर्नियामा पनि टेस्ला विद्युतीय गाडीाम अचानक आगो लागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।भारतमा नेक्सन इभीमा निस्किएको आगोको वास्तविक कारण अहिलेसम्म पत्ता नलागेको टाइम्स अफ इण्डियाले जनाएको छ । उक्त गाडीमा ३० दशमलब २ एडब्लुएच लिथुनियम इओन ब्याट्री राखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्ला केही महिनामा विद्युतीय स्कुटरहरुमा आगो लाग्ने क्रम बढेको छ । अनुसन्धानकै क्रममा रहेका यी घटनाहरुले विद्युतीय सवारीको सुरक्षामा प्रश्न उठाएको छ । तर गाडीमै आगो देखिएको भने भारतमा मुम्बइको यो घटना पहिलो हो ।सरकारले समेत नेक्सन इभीमा आगो लागेको घटनाको स्वतन्त्र छानविन गर्न निर्देशन एिको छ । नेक्सन इभी प्रकरणको गम्भीर अध्ययन गर्न निर्देशन इिएको भारतीय सडक यातायात तथा राजमार्ग सम्बन्धी मन्त्रालयलाई उदृत गर्दै पिटिआइले जनाएको छ ।

नेपालमा हालैमात्र विद्युत प्राधिकरणले ठूलो संख्यामा नेक्सन इभी खरिद गरेको छ भने अन्य सरकारी कार्यालयमा पनि इन्धन बचतका लागि सस्तो मुल्य पर्ने भएकाले नेक्सन इभी खरिद गरिएको छ । निजी प्रयोगकर्ता पनि नेक्सन इभीतर्फ आकर्षित छन् र यसको आधिकारिक विक्रेता सिप्रदी टे«डिङले ६ महिनाअघि कुनै पनि ग्राहकलाई गाडी दिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस