काठमाडौं । सप्तरीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका २ बरमझिया चोकमा हिजो बेलुका भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको हो । एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको विराटनगरका अन्दजी ५० वर्षीय युवराज खतीवडा रहेका छन् । उनको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार मोरङकै विराटनगर उपमहानगरपालिका १५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ७ बजे सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोक्किएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते