काठमाडौं । सप्तरीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका २ बरमझिया चोकमा हिजो बेलुका भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको हो । एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको विराटनगरका अन्दजी ५० वर्षीय युवराज खतीवडा रहेका छन् । उनको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार मोरङकै विराटनगर उपमहानगरपालिका १५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ७ बजे सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोक्किएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु