काठमाडौंका यी खोला तथा नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, ०७ : ४७
काठमाडौंका यी खोला तथा नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदी तथा खोलामा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस