पर्यटनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्चमा रिट

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, २१ : २४
पर्यटनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले अश्लिल गाली गलौजको विषयमा आलेलाई मन्त्रिका रुपमा काम गर्न र आगामी निर्वाचनमा प्रतिस्पर्धा समेत गर्नबाट रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । 

रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ। मन्त्री आलेको व्यवहार पटक-पटक विवादमा परेको भन्दै पदमा बसिरहन योग्य नरहेको निवेदकको जिकिर छ।

प्रतिक्रिया दिनुहोस