काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले महंगी,भ्रष्टाचार,कालोबजारी,मल,बीउ तथा पाठ्यपुस्तकको अभावविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । असार ८ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार विरोध प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
त्यस्तै सो पार्टीले महिलाहरु माथि सिलसिलेवार रुपमा भइरहेको हत्या, यौन हिंसाका घटनालाई नियन्त्रण गर्ने सवालमा सरकारले सामान्य प्रकारले पनि ध्यान नदिएको भन्दै सरकारको यस्तो गैरजिम्मेवार रवैयाका विरुद्ध असार १५ देखि २० गते कुनै दिन देशव्यापी रुपमा विरोध कार्यक्रम गर्ने निर्णय निर्णय गरेको छ ।
बैठकले आसन्न केन्द्र तथा प्रदेशको निर्वाचनका विषयमा बैठकमा सामान्य रुपमा छलफल गर्दै आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनबारे जनमोर्चाको प्रस्ताव : 'संघीयता खारेज र राष्ट्रिय जनावर गैंडा बनाउ'
सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो: जनमोर्चा
सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो : जनमोर्चा