अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सरकार क्रियाशील : मन्त्री बडू

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १५ : १४
अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सरकार क्रियाशील : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा उद्योग मन्त्रालय, नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा नेपाली उत्पादनको बजारीकरणका लागि निर्मित ई–कमर्शको शुभारम्भ गर्दै मन्त्री बडूले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको समेत बताए ।

यसका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।

साना तथा घरेलु उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र रहेको जिकिर गर्दै उनले स्वदेशी वस्तु उत्पादन, बजारीकरण र निर्यातका लागि सरकार निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए । मन्त्री बडुले ई–कमर्समार्फत स्वदेशी वस्तुको प्रवर्द्धन र बजारीकरणका लागि सहज हुने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस