काठमाडौं । भुटानी शरणार्थी अपांग संघलाई अमेरिकामा बस्ने मोन सुवेदीले त्रैमासिक रूपमा सहयोग गर्ने भएका छन् । भुटानी शरणार्थी शिविर बेल्डाँगी-१ बाट पुनर्वास भएका सुवेदीले संघलाई त्रैमासिक रूपमा एक हजार अमेरिकी डलर (नेपाल एक लाख २० हजार बढी) सहयोग गर्ने भएका हुन् ।
अमेरिकमा सिजल एन्ड सिस्टर्स एलएलसी प्रालिमार्फत सुवेदी परिवारले अपांगता भएका भुटानी शरणार्थीको हितका लागि उक्त रकम सहयोग गर्न सुरु गरेका छन् । प्रालिका सञ्चालक मन सुवेदी हुन् । उनी मेककी श्रीमती हुन् । उनले सहयोग गर्न थालेको ६ महिना पुगेको छ । उनले दुईपटक रकम पठाइसकेको भुटानी शरणार्थी अपांग संघकी अध्यक्ष देवीमाया गुरुङले जानकारी दिइन् । सुवेदीले पठाएको रकमले संघको कार्यालयमा रहेका दुई कर्मचारीको सेवासुविधा र कार्यालय सञ्चालन खर्च गरिरहेको उनले बताइन् । दातृ निकायले छाडेपछि अप्ठेरोमा परेको संघलाई उनको सहयोगले ठूलो योगदान गरेको उनले बताइन् ।
उनीहरू शिविर बाहिर गएर काम पनि गर्न सक्दैनन् । दातृनिकायले छाडेपछि अपांगता भएका भुटानी शरणार्थीको बिजोग छ । शिविरमै रोजगारी दिने उद्देश्यले संघले रोजगारमूलक कार्यक्रम चलाउँदैछ । सुवेदीले यसअघि पनि शरणार्थीका लागि सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १३ : १४
लेखकबाट थप