महालक्ष्मी विकास बैंक लि.को संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

बुधबार, १६ जेठ २०७५, १८ : ३७
महालक्ष्मी विकास बैंक लि.को संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको  साँफेबगर शाखाले  मिति २०७५/०२/०५ गते साँफेबगर  नगरपालिका वडा नं ४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा बयलपाटा अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न  गरेको छ । उक्त कार्यक्रम सफल बनाउन बैंकका शाखा प्रबन्धक लक्ष्मण बहादुर साउद र  बयलपाटा अस्पतालका डा. विकाश गौचन सहित पाँच सदस्यहरुको उल्लेख्य भूमिका रहेको थियो । कार्यक्रममा साँफेबगर  नगरपालिकाका १४७ जना लाभान्वित भएका थिए ।

बैंकको सुकेधारा शाखाले मिति २०७५/०२/११ गते नेपाल नेत्रहिन संघ सुकेधारा मार्फत विभिन्न ५० जना दृष्टिबिहिनहरुका लागि सेतो छडि एक समारोहका बिच वितरण गरेको छ । सुकेधाराका शाखा प्रबन्धक  निरञ्जन कुईकेलले छडि वितरण गर्दै सामाजिक रुपमा असक्त व्यक्तिहरुप्रति बैंकले गरेको यस्तो प्रकारको सहयोग आगामी दिनहरुमा समेत जारी रहनुका साथै यो कार्य अन्य व्यक्ति तथा संघ संस्थाका लागि समेत प्रतिनिधि कार्यको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस