सानिमा बैंकले पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १२ : ०४
सानिमा बैंकले पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं ।सानिमा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ।१० असार शुक्रबारबाट ऋणपत्र निष्कासन गर्न लागेको बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्ने जनाएको छ।

यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि खुला हुनेछ।यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै आवेदन नपरेकाले २० लाख इकाइ नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ।सानिमाले १० वर्ष अवधिको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ अर्थात् वार्षिक १०.२५ प्रतिशत ब्याजदर जारी गर्दै छ। बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्नेछ।

ऋणपत्रमा १४ असारसम्म आवेदन दिन पाइनेछ। सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा असार २४ गतेसम्म खुला रहनेछ।न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाइसम्म आवेदन दिन सकिनेछ। सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस