हज यात्राका लागि नेपाली मुस्लिम साउदी प्रस्थान, सरकारद्वारा बिदाइ

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, ११ : ४६
हज यात्राका लागि नेपाली मुस्लिम साउदी प्रस्थान, सरकारद्वारा बिदाइ

काठमाडौं । हजका लागि साउदी अरेबिया प्रस्थान गरेको टोलीलाई बिदाइ गरिएको छ।बिहीबार बिहान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले हज यात्रामा निस्किएको इस्लाम धर्मावलम्बीको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका हुन्। 

कोभिड संक्रमणका कारण अघिल्ला दुई वर्ष हज (तीर्थाटन) गर्न नपाएका नेपाली मुसलमानहरु यो वर्ष हजका लागि प्रस्थान गरेका हुन्।यो वर्षको हज असार २३–२८ मा हुनेछ । हज गर्न नेपालबाट हजयात्री साउदी अरबको जेद्दा हुँदै मक्का जानेछन्।   

हज समितिका केन्द्रीय अध्यक्ष शमशेर मियाँका अनुसार यो वर्ष ५२१ जनालाई मात्र हज गर्नका लागि साउदी सरकारले अनुमति दिएको छ।  यस वर्ष प्रतिहजयात्रीले चार लाख ६३ हजार रुपियाँ तिर्नुपरेको छ। 

प्रतिक्रिया दिनुहोस