काठमाडौं। राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि शुरु हुँदै छ। राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको यो कार्यक्रम अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको थियो।
आज मुझेलियास्थित होटल राजदरबारमा हुने छ। सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन्। सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी हुनेछन्।राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविश्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, ११ : ४२
लेखकबाट थप