संयुक्त ट्रेड युनियन संघर्ष समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महङ्गीविरुद्ध प्रर्दशन गर्दै

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, ११ : २६
संयुक्त ट्रेड युनियन संघर्ष समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महङ्गीविरुद्ध प्रर्दशन गर्दै

काठमाडौं । संयुक्त ट्रेड युनियन संघर्ष समितीले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महङ्गी लगायतको विरोधमा आज काठमाडौँमा प्रर्दशन गर्दैछ।दिउँसो एक बजे माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले जानकारी दिए।

मिटरव्याजी पीडित मजदुर किसानका माग सम्बोधन गर्नपनि समितिले सरकारलाई दबाब दिने जनाएको छ।

पूर्वी तराई तथा नवलपरासीका संघर्षरत पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै तत्काल उक्त समस्या समाधान गर्नपनि समितिले सरकार समक्ष माग गरेको छ।यस्तै, सरकारले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी तत्कालको लागि अस्वीकार गर्ने निर्णय गरेपनि नेपाल अमेरिकी गठबन्धनमा संलग्न हुन खोजेको पनि समितिले आरोप लगाएको छ।

पेट्रोलियम पदार्थ लगायत आकासिदो बजार मूल्य,मिटरब्याज पीडित मजदुर किसान र एसपीपीको विरोधमा प्रर्दशनमा उत्रिन लागको समितिको भनाई छ।

संयुक्त ट्रेड युनियन संघर्ष समितिमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन,क्रान्तिकारी ट्रेड युनियन,समाजवादी ट्रेड युनियन,अखिल नेपाल ट्रेड युनियन,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन, वैज्ञानिक समाजवादी ट्रेड युनियन, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन र नेपाल ट्रेड युनियन फेडेरेसन आवद्ध छन्।

प्रतिक्रिया दिनुहोस