बढुवा नगरेको भन्दै नबिल बैंकका कर्मचारीको विरोध, माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, ११ : १०
बढुवा नगरेको भन्दै नबिल बैंकका कर्मचारीको विरोध, माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपश्चात् नबिल बैंकका कर्मचारीहरुलाई यथास्थितिमा नै राखेको भन्दै नबिल बैंक कर्मचारी संघले विरोध जनाएको छ । एनबी बैंकलाई प्राप्तिपश्चात् कर्मचारीको बढुवा नगरेको भन्दै विरोध जनाएको नबिल बैंक कर्मचारी संघका अध्यक्ष सबिन भट्टराईले जानकारी दिए ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्ने तयारीमा रहेको छ । तर एनबी बैंक प्राप्तिपश्चात् नबिल बैंकमा हाल कार्यरत सम्पुर्ण कर्मचारीहरुको क्षमता दक्षता बढ्नु पर्ने भएपनि वृत्ति बिकासमा पछि परेको भन्दै संघले खेद प्रकट गरेको हो ।

‘नबिल बैंकको क्षमता र प्रतिष्ठालाई उँचो बनाउने अहोरात्र खट्ने कर्मचारीहरु अर्को बैंक प्राप्तिपश्चात् पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आसमा बसीरहँदा बैंकले यथास्थितीमा नै प्राप्ति गरेको कर्मचारीसरह व्यवहार गर्नु दुभाग्यपुर्ण हो ।’ पत्रमा भनिएको छ, ‘यस्तो परिस्थितीको कर्मचारी संघ जोडदार विरोध गर्दै नबिल बैंकमा नेपाल बङ्गलादेश बैंक लिमिटेड प्राप्तिपश्चात् कर्मचारीहरुको हक हितमा सिन्को नभाच्ने र कर्मचारीहरुलाई केवल प्रयोग मात्र गर्ने व्यवस्थापनको गलत प्रवृतीप्रति खेद व्यक्त गर्दछौं ।’

लामो समयदेखी अग्रणि भुमिका निर्वाह गरिरहेको बैंकका कर्मचारीको वृति विकासमा हदैसम्मको शंकुचन रहेकाले समायोजन गर्दा कर्मचारीको मनोबल र मनोदशा के हुन जान्छ ? भनि प्रश्न समेत गरेको छ ।

कर्मचारीको मनोबल बढाउन सेवा सुविधाको वृद्धि र नगन्य खर्चलाई गौण ठानी प्रसन्न जनशक्ति नै बैंकको पुँजी भएकाले बढुवाको रोलक्रममा रहेका स्तरको सिमा छोइसकेको कर्मचारीको हकमा २ तह र अन्यको हकमा १ तह स्वतः बढुवा गरी न्यायीक र भावनात्मक रुपमा यथोचित सम्बोधन गर्न संघले कडा आग्रह गरेको छ ।

यदि कर्मचारीको वृद्धि विकासमा अपमानजनक र दुरगामि वृत्ति विकासमा अवरोध गर्ने कार्य जारी राखेमा वा माग पुरा नगरेमा तत्काल आन्दोलनको कार्यक्रम घोषण गर्ने संघले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस