नेदरल्यान्ड्सविरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १० : ४१
नेदरल्यान्ड्सविरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’

काठमाडौं । जसन रोय र कप्तान जोश बट्लरले तेस्रो विकेटका लागि अविजित १६३ रनको साझेदारी गरेपछि इङ्ल्यान्डले बुधबार राति तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको छ । 

यससँगै इङ्ल्यान्डले तीन खेलको शृंखला ‘क्लिनस्विप’ गरेको छ । इङ्ल्यान्डले विश्व कीर्तिमान बनाएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई २३२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । आम्सटेलभिनस्थित भीआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेदरल्यान्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४४ रन बनाएको थियो । २४५ रनको लक्ष्य इङ्ल्यान्डले ३०.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । 

भ्रमणकारी इङ्ल्यान्डका ओपनर रोएले अविजित १०१ रन बनाए । रोएले ८६ बलमा १५ चौका प्रहार गरे । उनले कप्तान बट्लरसँग १६३ रनको साझेदारी गरे । बट्लरले ६४ बलमा ७ चौका र ५ छक्कासहित ८६ रन बनाए । अर्का ओपनर फिल साल्टले ४९ रन बनाए । उनले ३० बलमा ९ चौका प्रहार गरे । नेदरल्यान्ड्सका पाउल भान मीकेरेनले दुई विकेट लिए । 

त्यसअघि घरेलु टोली नेदरल्यान्ड्सका स्कट इडवार्डसले ६४ रन बनाए । बस डी लीडेले ५६ रन बनाए भने म्याक्स ओ‘डोउडले ५० रन बनाए । टम कुपरले ३३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

इङ्ल्यान्डका डेबिड विलेले ४ विकेट लिए । ब्रेडन चार्जले दुई विकेट लिँदा डविड पायन, लियम लिभिङस्टोन र एडिल रशिदले एक एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस