काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ ।
महानगरको वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै साउन १ गतेदेखि महानगरबासीले घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय रुपैयाँ कारबाही गरिने जनाएको हो ।
स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ ।
जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरको सूचनामा उल्लेख छ । महानगरले कुहिने र नकुहिने फोहोर फरक–फरक दिन संकलन गर्ने पनि सूचनामा जनाइएको छ । काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहले कुहिने र नकुहिने फोहोर स्रोतमा नै छुट्याउन महानगरवासीलाई आह्वान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध
१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ
धनगढीमा नकुहिने फोहोर वर्गीकरण गरेर बिक्री गरिँदै
पोखराको फोहोर व्यवस्थापनमा स्थानीयको अवरोध
दार्चुलाको स्थानीयले फोहोर नउठाएपछि फाले नगरपालिका कार्यालयभित्र फोहोर