रोल्पाको त्रिवेणीमा नेपाल इन्भेष्टमेण्ट बैंकको ७१ औं शाखा

बुधबार, १६ जेठ २०७५, १७ : ३७
रोल्पाको त्रिवेणीमा नेपाल इन्भेष्टमेण्ट बैंकको ७१ औं शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ ।

२२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउँपालिकाका स्थानीयलाई यो शाखाले वित्तिय कारोवारमा सहजता प्रदान गर्ने अपेक्षा बैंकले लिएको छ ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिइएको जनाएको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस