बियरमा ३० प्रतिशतको मूल्य बृद्धि, उद्योगी र उपभोक्ता मारमा

बुधबार, १६ जेठ २०७५, १७ : २०
बियरमा ३० प्रतिशतको मूल्य बृद्धि, उद्योगी र उपभोक्ता मारमा

काठमाडौं । बाम सरकारको बजेटले बियरमाथि लाग्दै आएको अन्तशुल्क ३० प्रतिशतले बृद्धि गरेको छ । यसको प्रत्यक्ष असर बियरका उपभोक्ता र उद्योगहरुमा पर्ने देखिन्छ । नेपालमा उत्पादन भएका बियरको प्रति लिटर मूल्य रु. ११५ अन्तशुल्क लाग्दै आएकोमा बियरमा अव ३५ रुपैंया बढेको छ । अव बियरको प्रति लिटर मूल्य रु.१५० पुगेको छ ।

यता बियर उत्पादक तथा वितरक कम्पनी गोरखा ब्रुअरीले सरकारले एकैपटक ३० प्रतिशतले अन्तशुल्क बृद्धि गरेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अघिल्ला वर्षमा वार्षिक ८ देखि १० प्रतिशतसम्म अन्तशुल्क बृद्धि हुने गरेकोमा यो पटक भने एकैपटक ३० प्रतिशतले बढेकोले उद्योगी र उपभोक्तामा प्रत्यक्ष असर पर्ने गोखा ब्रुअरीले जनाएको छ ।

मदिरा, चुरोट जस्ता वस्तुमा करको दर बढाउनु सामान्य भएपनि, बियर मात्रैमा सबैभन्दा बढि कर बढाउनुले समानता नभएको बियर उत्पादक तथा वितरक कम्पनीहरुको भनाई छ । बियर उद्योगसँग सम्बन्धित समस्या बर्षौ देखी उठाउँदै आईएको भए पनि सरकारले यसको सम्बोधन नगरेकोमा उद्योगीहरु रुष्ट बनेका छन् ।

यसले राजस्वमा भने भारी बृृद्धि गर्ने भएपनि नेपालमा बियरले राम्रो बजार लिइरहेको बेला भएको मुल्य बृद्धिले उद्योगीहरुलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । अहिले नेपालमा दुई ठूला बियर उद्योगहरुले बजार लिइरहेका छन् । त्यसैगरी सरकारले पेश गरेको बजेटमा रक्सी र चुरोटको अन्तशुल्कमा भने २० प्रतिशत मात्र बृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस