अमेरिकी नागरिकबाट दृष्टिविहीन विद्यार्थीलाई सहयोग

सोमबार, २५ मंसिर २०७४, २३ : २२
अमेरिकी नागरिकबाट दृष्टिविहीन विद्यार्थीलाई सहयोग

चितवन । नेपाल घुम्न आउनु भएका अमेरिकी नागरिक रुडी योर्कले भरतपुर १० स्थित नारायणी नमुना माविको दृष्टिविहीन एकाइमा रहेका दृष्टिविहीन विद्यार्थीलाई कम्मल सहयोग गर्नु भएको छ । 
भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छायाँ श्रेष्ठको आग्रहमा रुडीले उनीहरुलाई जाडोको लागि कम्मल, दञ्तमञ्जन, दाँत माझ्ने ब्रस, साबुन लगायतका सामग्री प्रदान गर्नुभएको हो । सहयोग सामग्री प्रदान गर्दै रुडीले असहायको लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
विद्यालयमा २८ जना दृष्टिविहीन विद्यार्थी रहेकये विद्यालयका प्राधानाध्यापक पूर्णप्रसाद दवाडीले जानकारी दिनुभयो । विद्यालयको दृष्टिविहीन छात्रवासमा आवासीय रुपमा चार जना छात्र र २४ जना छात्रा बस्दै आएका छन् । उनीहरुको खानपान र बसोबासको लागि विभिन्न संघसंस्थाले सहयोग गर्दै आइरहेको दवाडीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस