प्रदेश सांसद गुलेफुन खातुन पदमुक्त

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १२ : २९
प्रदेश सांसद गुलेफुन खातुन पदमुक्त

विराटनगर । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी नेकपा एमालेकी प्रदेशसभा सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् । जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी दोषी ठहरिएकी हुन् ।

प्रदेश १ की सांसद खातुनले मुद्दा दोहो¥याउन माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् । उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि उनी सर्वोच्च पुगेकी थिइन् । तर सर्वोच्चले उनको निवेदन खारेज गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले खातुनको निवेदनमा मागअनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहो¥याउन अनुमति नहुने आदेश दिएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को उम्मेदवारको अयोग्यता सम्बन्धी दफा १३ (घ) मा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको व्यक्ति अयोग्य हुने भनिएको छ । दफा १६ मा पदमुक्तसम्बन्धी व्यवस्थाअनुसार दफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भए त्यस्तो पदबाट मुक्त हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस