काठमाडाैँ। भूतपूर्व गोर्खाको समस्या समाधानको विषयमा बेलायतका मन्त्री र नेपाली राजदूतबीच भेट भएको छ।गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको हो।
दूतावासका उपनियोग प्रमुख रोशन खनालले भूपू गोर्खाको मुद्दा अघि बढाउन दुवै पक्षले गर्नुपर्ने गृहकार्य र अन्य पक्षसँग वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेको जानकारी दिए।
आचार्यले छिटै वार्ताको वातावरण बनाउन बेलायती सरकारसँग आग्रह भएको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ। छलफलमा उपनियोग प्रमुख खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, ११ : ३४
लेखकबाट थप