लगानीकर्ताका मागहरु पुरा गर्ने वार्ता समिति गठन नगरी सिधै कार्यान्वयनमा जान्छौं: हमाल

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १० : ५५
लगानीकर्ताका मागहरु पुरा गर्ने वार्ता समिति गठन नगरी सिधै कार्यान्वयनमा जान्छौं: हमाल

काठमाडौं । लगानीकर्तासँग वार्ता गर्न वार्ता समिति गठन नगर्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डको कार्यालयमा एक पत्रकार सम्मलेन गर्दै लगानीकर्ताका मागहरु पुरा वार्ता समिति गठन नगरी सिधै कार्यान्वयनमा बताए

साथै, उनले लगानीकर्ताका धेरै मागहरु बोर्डसँग नै सम्बन्धित रहेको र पुरा हुने क्रममा रहेको समेत जानकारी दिए । सम्मेलनमा हमालले धेरै मागहरु आगामी साउन र भदौमा कार्यान्वयनमा जाने बताएका छन् । पूँजी बजारमा देखिएका समस्या समाधानका लागि लगानीकर्ता अहिले आन्दोलित भएका बेला हमालले यस्तो बताएका हुन ।

उनले लगानीकर्तालाई आफुले भटेको र उनीहरुले बार्ता समिति नभइ काम गर्ने सुझाव दिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस