निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १९ : ५३
निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

काठमाडौ । नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार बृद्घिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार बृद्घिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ । 

गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले बृद्घि भएको देखिन्छ भने  कर्जा विस्तार ३२.०५ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्य २१ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर ७.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको बृद्घि भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस