काठमाडौं । विदेशमा बसेर नेपाल फर्किएकाहरुलाई समेट्न नेकपा माओवादी केन्द्रले छुट्टै संगठन बनाउने भएको छ ।
विदेशबाट फर्केर आउनेहरु ठूलो संख्यामा रहेकाले उनीहरुलाई पनि समेट्न आवश्यक ठानेर छुट्टै संगठन बनाउन खोजिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
नेकपा एमालेले विदेशबाट फर्कनेहरुलाई समेट्न रिटर्नी फेडेरेशन गठन गरेको छ । उपाध्यायले नाम कस्तो राख्ने र संरचना कस्तो हुने भन्नेबारे अहिले केही निर्णय नभएको भए पनि १५ गते बस्न लागेको केन्द्रीय समिति बैठकमा त्यस सम्बन्धी प्रस्ताव पेस हुने बताए ।
‘विदेशबाट फर्कनेको ठूलो संख्या भएकाले त्यसलाई समेट्नुपर्ने आश्यता नेताहरुले महसुस गर्नु भएको छ,’उपाध्यायले भने, ‘यस सम्बन्धी ठोस प्रस्ताव केन्द्रीय समितिमा पेस भएर निर्णय हुन्छ।’
लामो समय विदेशमा बसेर आएकाहरुको सांगठनिक आवद्धता टुटिसकेको हुनाले त्यसलाई फेरि जोड्न पनि त्यस्तो संगठन आवश्यक रहने माओवादी नेताहरुको भनाइ छ ।
संगठनको नेतृत्वको जिम्मा लामो समय विदेशमा रहेर आएका नेताहरुलाई दिने माओवादीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी
मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बन्न पार्टी पङ्क्तिलाई माओवादीको पत्र
चुनावमा जाने निर्णय गरेका छौँ : प्रचण्ड