जिसस हुम्लाका पदाधिकारीले लिए सपथ

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १५ : ५४
जिसस हुम्लाका पदाधिकारीले लिए सपथ

काठमाडौं । जिल्ला समन्वय समिति हुम्लाका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन्।मंगलबार हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जिसस प्रमुख शिवराज शर्मालाई सपथ खुवाएका हुन् भने उपप्रमुखसहित सात जना सदस्यलाई प्रमुख शर्माले सपथ खुवाए।

मुख्य निर्वाचन कार्यालयले सोमबार प्रमुख–उपप्रमुखसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

जिसस प्रमुखमा एकीकृत समाजवादीका शर्मा, उपप्रमुखमा माओवादीका दल फडेरा निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा कांग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुर शाही र धिरबहादुर सिंह, माओवादीबाट चुदी जाङ्मु तामाङ, सिंह सिंह र कर्ण दमाई निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस