काठमाडौँ । माननीय गृहमन्त्री बालकृष्ण खाँण योग कार्यक्रममा सरिक भएका छन्।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा असार ७ गते आयोजित योग कार्यक्रममा माननीय गृहमन्त्री खाँण सरिक भई योग अभ्यास गरे ।
माननीय गृहमन्त्री खाँणले विज्ञान र प्रविधिको विकासको गति सँगसँगै मानिसको जीवन झन्झन् व्यस्त हुँदै गइरहेको र व्यस्त जीवनशैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
उनले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाई सरल र सहज जीवनयापन गर्न सहयोग पुग्ने साथै राष्ट्रसेवक कर्मचारीहरू मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित हुन ऊर्जा समेत प्रदान गर्ने बताए।
योग कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्याल लगायत संघका पदाधिकारीहरू, आर्ट अफ लिभिङ्ग नेपालकी बोर्ड मेम्बर रिता वैद्य, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत,अधिकृत लगायत बिल्लादार जवानहरू समेत योग अभ्यासमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १५ : ३४
लेखकबाट थप